तराईका अधिकांस भुभागमा सिंचाईको अभावमा खेतहरु बाझै रहेकोमा चिन्ता जताउदै प्रजिअ काफ्लेले धान रोपाई पश्चात कृषकहरुलाई सम्बोधन गर्दै आकाशे पानीको मात्रै भर नपरी पानीको अन्य स्रोतहरुको समेत उपयोग गरि खेती गर्न कृषकहरुलाई आग्रह गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले धान रोप्दै (बाँयाबाट पहिलो) ,तस्वीर ः राजकरण महतो, बर्दिवास, महोत्तरी |
रंजन भण्डारी
जलेश्वर,असार १५ गते ।
महोत्तरीको गौशाला नगरपालिका ४ निगौलमा असार १५को मौका पारी धान दिवस मनाईएको छ ।
जिल्ला कृषी विकास कार्यालय महोत्तरीका कार्यालय प्रमुख शुकेश्वर झाको विशेष आग्रहमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले टया्क्टरले खेत जोत्नुका साथै धानको रोपाई समेत गरेका छन । प्रजिअ काफ्लेको कृषी प्रतिको मोह देखेर सो ठाउका कृषकहरु उत्साहित भई प्रजिअ संगै सवै खेतमा होमिएका थिए ।
असार १५ लाई धान रोपाईकोलागी उत्कृष्ट दिन मानिएकोले पनि महोत्तरीमा २०६२ साल देखि धान दिवस मनाईदै आईएको छ ।