Powered by Blogger.

Sunday, 28 June 2015

धनुषामा सवारी दुर्घटनामा डेढ गुणा वृद्धि

22:07 - No comments

हावा खोलेर हुँदैछ जनकपुरधामको ट्राफिक व्यवस्थापन

बीपी साह, जनकपुरधाम । आइतबार मध्यान्ह सवा १२ बजे जनकपुर अञ्चल अस्पताल अगाडि धनुषा सबैलाका मदन यादव ट्राफिक जवानप्रति आक्रोसित हुँदै मोटरसाईकल डो¥याउँदै थिए । कारण थियो, जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका उनको आफन्तको लागि रगत दिने मान्छेलाई गाउँबाट ल्याउनु पर्ने थियो । तर, उनी १० मिनेटअघि मोटरसाईकल लगाएर विरामीलाई भेटेर फर्केपछि उनको मोटरसाईकलको हावा खोलिएको थियो । 
 
उनले हुलाकी न्यूजकर्मीलाई भने,‘सरकार मान्छेको ज्यान जोगाउनका लागि हो कि मान्छेको ज्यान लिनका लागि ? मेरो आफन्त अस्पतालमा रगतको अभावले मर्दैछ, मलाई रगत दातालाई तत्काल ल्याउनु पर्नेछ । तर, ट्राफिक जवानले मेरो मोटरसाईकलको हावी खोलि दिए । नजिकमा हावा हाल्ने ठाउँ पनि छैन । आज सार्वजनिक बसहरु पनि चलेको छैन । म के गरुँ ?’
 
विरामी लिएर अञ्चल अस्पताल आउने अधिकांशले यस्तै समस्या भोगिरहेका छन् । मोटरसाईकल, साईकल वा अन्य सवारी लिएर आउनेहरुका लागि अञ्चल अस्पतालमा पार्किङ्गको सुलभ व्यवस्था छैन । अस्पताल अगाडिको सडकमा पार्किङ्ग गर्नुपर्ने बाध्यता छ । अस्पताल प्रशासनले सवारी साधनलाई अस्पताल परिसर प्रवेशमा रोक लगाएको छ । बाध्य भएर सर्वसाधारणले सडकमा पार्किङ्ग गर्दा ट्राफिक जवानले हावा खोल्ने गरेका छन् । 
 
अञ्चल अस्पतालमा मात्र होइन, जानकी मन्दिरको छेउछाउमा पनि पार्किङ्ग गरिएका मोटरसाईकलहरुको ट्राफिक जवानहरुले हावा खोल्ने गरेको स्थानीयबासीहरुको भनाई छ । 
 
यता जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजय ठाकुरले हुलाकी न्यूजलाई अस्पतालले सवारी पार्किङ्गका लागि अस्पतालको पश्चिम पट्टिको सडक बनाएको बताए । मेसु ठाकुरले भने,‘हामीले पार्किङ्गको व्यवस्थापन गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । अस्पताल वरपरको ट्राफिक व्यवस्थापनका लागि हामीले ट्राफिक विटको माग गरेका थियौं तर ट्राफिक प्रमुख ज्ञानकुमार महतोले आलटाल गर्दै आएका छन् । नगरपालिकाले पनि यस विषयमा ध्यान दिएको छैन ।’
 
यता धनुषाका ट्राफिक प्रमुखलाई सम्पर्क गर्दा उनी परीक्षामा सहभागी हुन गएको जानकारी दिइयो । धनुषा ट्राफिकका सई राजिव सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने, ‘हामी अञ्चल अस्पताल वरपरको ट्राफिक व्यवस्थापनका लागि पहल गर्दैछौं तर अहिलेसम्म हुन सकेको छैन ।’
सर्वसाधारणको सवारीसाधनको हावा खोल्नु गलत भएको भन्दै सिंहले भने, ‘त्यस्तो काम गर्ने ट्राफिक जवानलाई कारवाही गर्नेछौं । कही कतै सर्वसाधारणलाई ट्राफिकले दुःख दिने काम गर्दैछ भने हामीलाई जानकारी गराउनुस् । हामी उनीहरुलाई हदैसम्मको कारवाही गर्नेछौं ।’ 

  • Share this post:

About the Author

Hello, I am Author, decode to know more Pellentesque volutpat volutpat nibh nec posuere. Follow me @Bloggertheme9
View all posts by admin →

Recent Posts

0 comments:

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

© 2014 Today Pati. WP Theme-junkie converted by Bloggertheme9
Powered By Blogger | Published By Gooyaabi Templates .
back to top