Powered by Blogger.

Sunday, 28 June 2015

सय करोड कमाउने कंगना एक्ली कलाकार

04:43 - No comments




यो बर्ष बलिउडमा केही चलचित्र राम्रै चलेपनि भन्दै आइएको १ सय करोड क्लब भने शुन्य जस्तै थियो । बलिउडका चर्चित कलाकारका चलचित्रले एकपछि अर्को सफलता पाएपनि १ सय करोडको क्लबलाई छुन सकेका थिएनन् । बलिउडमा यो बर्ष थोरै मात्र चलचित्रले यो आँकडा छुने देखिएको छ । अक्षय कुमार, अमिताभ बच्चन, दीपिका पादुकोण, बरुण धवन, अनुष्का शर्मा जस्ता कलाकारको चलचित्रले राम्रो व्यापार गरेपनि सय करोडको आँकडा छुन सकेनन् । रणवीर कपुर, ज्याकलिन फर्नान्डेज जस्ता कलाकार चल्न सकेनन् । तर, यो बर्ष हालसम्म १ सय करोडको आँकडा छुने एक मात्र चलचित्रको सूचीमा ‘तन्नु वेड्स मन्नु रिटन्र्स’ पर्न सफल भएको छ । चलचित्रले मंगलबारसम्म भारतमा १ सय ३३ करोडको व्यापार गरिसकेका छ । दुई सातामा नै १ सय करोडको आँकडा छोएको यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार मात्र गरेन, दर्शक र समिक्षकको तर्फबाट पनि खुबै तारिफ पायो । पहिलो साता ७० करोड, दोश्रो साता ४८ करोड कमाएको यो चलचित्रले ओभरसिजमा भने आजसम्म ३६ करोड कमाएको छ । बलिउडमा अहिले नायिका केन्द्रित चलचित्र चल्न थालेका छन् । यो बर्ष सलमान खानका २ र साहरुख खानका १ वटा चलचित्र प्रदर्शनमा आउन लागेकाले पनि १ सय करोडको आँकडा यीनिहरुले पार गर्ने अपेक्षा गरिएको छ । तर, गतबर्ष ८ वटा चलचित्रले एक सय करोड कमाएको बलिउडमा यो बर्ष भने यो संख्या कम हुने पक्का जस्तै छ । चलचित्रमा  दोहोरो भूमिका निर्वाहा गरेकी कलाकार कंगना रनावतको चर्चा पनि चुलिएको छ । उनलाई बलिउडमा अब खान नायकहरुसँग तुलना गर्न थालिएको छ । 

  • Share this post:

About the Author

Hello, I am Author, decode to know more Pellentesque volutpat volutpat nibh nec posuere. Follow me @Bloggertheme9
View all posts by admin →

Recent Posts

0 comments:

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

© 2014 Today Pati. WP Theme-junkie converted by Bloggertheme9
Powered By Blogger | Published By Gooyaabi Templates .
back to top