जनकपुर, जेठ २७ – जनकपुर उद्योग बाणिज्य संघका पदाधिकारी विद्युत सेवा नियमित हुनुपर्ने र लामखुट्टे नियन्त्रणका लागि पहल गर्नुपर्ने माग राखेर आमरणअनशनमा बसेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, सचिव सुरेन्द्र भण्डारी र कार्यकारी सदस्य फुलदेव पण्डित अनशन बस्नुभएको हो ।
लामो समयदेखि जनकपुरमा तालिकाभन्दा बढी लोडसेडिङ हुँदै आएको र लामखुटे नियन्त्रण नहुँदा विभिन्न रोगको प्रकोप बढेकाले आमरण अनसन बस्नुपरेको उनीहरुको भनाई छ ।
0 comments: