
रामेश्वर साहका जेठी पत्नि अढाई बर्ष पहिले विरामी भएर मृत्यु शैयामा पुगेपछि साहले केही महिनापछि पीडित जानकीसंग विवाह गरेका थिए ।
पीडित जानकीले भन्छीन् ‘जेठी पत्निलाई उपचार नगराएको कारण मृत्यु अंगालीन् ।’ ‘म संग विवाह भएको दूई महिनापछि सधैं कुट्ने र घरबाट खेद्ने गरेका छन् ।’ तीन दिन अगाडि जानकीलाई कुटपिट गर्दै घरबाट निकालेपछि उनी अहिले लहान १ स्थित आफ्नी मितिनी जानकीदेवीकी घरमा बास बस्दैछीन् । पीडित जानकीले प्रहरीमा उजुरी दिएपछि विहीवार सांझ उनकी मितिनीको घरमा रामेश्वरले ८—१० जनाको समूह बनाएर धम्की दिएर गएका छन् । पीडित जानकी भन्छीन् ‘ म उजुरी दिएपछि मितिनीको घरमा आएर गालीगलौज गरी बस्न नदिन उर्दी जारी गरे ’ अनि, म आज रंजिता भट्टराईकी संरक्षणमा अन्तै बस्न बाध्य छु ।’
आज १५ महिनाको अबोध बालक काखमा लिएर जानकी न्यायको लागि सम्बन्धित निकायमा ढोका ढक्ढकाइरहेकी छीन् । तर उनीसंग एक रुपैयां नभएकोले न्याय पाउंन कठिनाई भोगिरहेकी छीन् । जानकी काखमा बच्चा लिएर सडकमा भौतारिदैको अवस्थामा सात दिनदेखि राम्ररी भात खान पाएकी थिइन् । मिडियाकर्मी भट्टराईले उनको न्यायको लागि लड्ने भन्दै जानकीलाई एक होटलमा लगेर मासुभात खुवाउंदै उनका बच्चालाई स्यहारसमेत गरेकीछीन् ।
‘सधै कुट्ने पतिसंग अब सधैंको लागि सम्बन्ध विच्छेद होस् ’ ‘तीनकालमे एकौकाल आब हम रामेश्वरसग नेरहअब’ पीडित जानकी आंसु पुच्दै बताउंछीन् । उनी अगाडि थपिन् ‘मलाई मेरो एक बच्चाको अंश दिए पुग्छ, म अरुमै काम गरेर जीवन पालन सक्छु ।’ ‘यसको लागि न्याय चाहियो हजुर’ । पीडित जानकीसंग एक रुपैयां छैन्, न्यायपक्ष न्याय दिलाउंन सक्छन् त ? यहां सयौ संघसंस्था डलर खेती गरिरहेको छ । तर, यस्ता पीडितको लागि लड्न किन पछाडि परेका छन् ? यता लहान प्रहरीले रामेश्वरलाई कारवाही गर्ने प्रतिबद्धता देखाएको छ । रामायणमा रामका जानकीले न्याय नपाएर धरतीमा आत्मसम्पर्ण गरिन् भने रामेश्वरका जानकी कहां कुन निकायमा न्याय पाउंलीन् ?
0 comments: