Powered by Blogger.

Tuesday, 30 June 2015

असार १५ सम्ममा ८ प्रतिशत मात्रै रोपाईं , यसपालि धान उत्पादन घट्ने अनुमान , यसपाली सिरहा सहित ७३ जिल्लामा करिब १४ लाख २५ हजार हेक्टर जमिनमा धान खेती हुने

03:23 - No comments


१५ असार-
 कृषि प्रधान देश नेपालमा असार लागिसक्दा पनि पर्याप्त पानी नपर्दा अधिकांश खेतहरु बाँझै छन् । हालसम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ ।कृषि विकास मन्त्रालयकाअनुसार नेपालका ७३ जिल्लामा करिब १४ लाख २५ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । सबैभन्दा धेरै धान खेती झापामा हुन्छ भने सबैभन्दा कम मुस्ताङमा । नेपालको सबैभन्दा उच्चस्थानमा धान खेती हुने स्थान जुम्लाको छुमचौर हो ।
धान उत्पादन घट्ने अनुमान

मनसुनी वर्षा ढिलो भएकाले समयमा रोपाइँ गर्न नपाउँदा यसपाली धान उत्पादन घट्ने अनुमान गरिएको छ । मौसम पुर्वानुमान महाशाखाले यसपाली कम पानी पर्ने घोषणा गरिसकेको छ । ढिला मनसुन सुरु हुँदा त्यसको असर खाद्य उत्पादनमा पर्दछ ।नेपालमा गत वर्ष ४८ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा २ लाख मेट्रिक टन कम हो । यसपाली गत वर्षको भन्दा पनि कम धान उत्पादन हुने अनुमान गरिएको छ ।कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले समयमा पानी नपर्दा ६ लाख ७७ हजार मेट्रिक टन कम धान उत्पादन हुने अनुमान गरिएको बताए ।नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो हुन्छ । पहिले पहिले नेपालबाट अन्य देशमा धान निर्यात हुन्थ्यो तर अहिले आयात गर्नुपर्ने अवस्था छ । नेपालमा उत्पादित धानले नपुग्ने भएकालले विदेशबाट वर्षेनी आयात गर्नुपर्ने बाध्यता आइपरेको हो ।नेपालले प्रतिवर्ष १० लाख मेट्रिक टन धान आयात गर्छ । चालु आर्थिक बर्षमा भारतबाट १४ अर्ब रुपैयाँको धान आयात गरिएको कृषि मन्त्रालयको तथ्यांक छ ।यसो हुनुमा युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकासे पानीमा निरर्भर, सिँचाइको अभाव, उन्नत जातका बिउविजन तथा मलखाद एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उचित मूल्य नपाउनु, सरकारी उदासिनता र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्नु प्रमुख कारण मानिएको छ ।

  • Share this post:

About the Author

Hello, I am Author, decode to know more Pellentesque volutpat volutpat nibh nec posuere. Follow me @Bloggertheme9
View all posts by admin →

Recent Posts

0 comments:

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

© 2014 Today Pati. WP Theme-junkie converted by Bloggertheme9
Powered By Blogger | Published By Gooyaabi Templates .
back to top